सत्तापक्ष र विपक्षी दलहरुवीच देखिएका केही यताका दृश्यहरुले पक्कै पनि मुलुकको राजनीतिमा धुर्वीकरण सामान्य संकेतहरु देखिन थालेका छन् ।
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ २२ गते संविधानसभा बैठक डाकेको अवस्थालाई मध्यनजर गर्दै प्रतिपक्ष दल र त्यसको मोर्चाले आपत्ती जनाएको देखिएको छ भने आफ्नो अडानलाई कायम राख्दै मार्चाले अँझै थप आन्दोलन गर्ने चेतावनी सत्तापक्षलाई दिएको छ । अर्कोतर्फ चौथो शक्तिको रुपमा रहेका राप्रपा नेपालले पनि आन्दोलनको चेतावनी दिएको छ । हिन्दुराष्ट्र लगायतको माग राख्दै राप्रपा नेपालले आन्दोलन थाल्ने चेतावनी समेत सत्ता पक्षका नेताहरुलाई दिएको छ । धर्मनिरपेक्षता केही नेताहरुले आफ्नो स्वार्थका लागि मात्र गरिएको भन्दै यसबारे जनमत संग्रह गर्नुपर्ने राप्रपा नेपालको मागलाई भने काँग्रेस र एमाले भित्रै रहेका हिन्दुधर्मावलम्हिरुले पनि समर्थन जनाएका छन् ।
हिन्दुराज्य कायम गर्नका लागि जनमत संग्रह गरिएको खण्डमा सतप्रतिशत मत हिन्दुराज्यका लागि खस्ने पनि स्पष्ट देखिएको छ ।
पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गरि देशमा शान्ति र संविधान ल्याउन अँझै जटिल समस्याहरु देखिन थालेका छन् यसका लागि दलहरुवीच देखिएको ध्रुबीकरणलाई कमि गर्दै मुलुकका जनताहरुले बिगतदेखि माग गर्दै आएको स्थायी शान्ति र संविधान निर्माण कार्यलाई तत्काल टुगाँउनुपर्ने देखिन्छ ।








